+977-025-587052 simarbanasaccos@gmail.com

बचत ( Saving )

नियमित वचत

“तपाईको कमाई हामी संगको कारोवार,नियमित बचत सुरक्षित भविस्यको आधार”

ब्याजदर: दैनिक मौज्दातमा ८%
मासिक न्यूनतम बचत : रु १००

उद्देश्यहरु :

  • सदस्यहरुको बचत गर्ने बानीको बिकास गर्ने ।
  • दैनिक रुपमा गरिने खर्चबाट थोरै थोरै बचत गरी महिनामा कम्तिमा रु १०० बचत गर्न सक्ने बनाउने ।
  • सदस्यहरुको आर्थिक समृद्धि गर्ने ।
  • सदस्यहरुलाई निरन्तर बचत गर्ने कार्यमा संलग्न रहिरहन प्रेरित गर्ने ।

 

विशेषताहरु :

  • सेयर सदस्यता लिने समयमानै निःशुल्क खाता खोलिने ।
  • दैनिक मौज्दातमा व्याज गणना गरिने ।
  • चाहेको बेलामा रु.१० हजार न्युनतम मौज्दात बाँकी राखि सो भन्दा माथीजतिपनि बचत झिक्न सकिने ।
  • बचतको आधारमा ऋण लिने नीति अबलम्बन हुने ।
  • बचत नियमित नभएमा मासिक रु ५ बिलम्ब शुल्क लाग्ने ।
  • पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराइने ।

ऐच्छिक वचत

“आकर्षक व्याजदर दैनिक मौज्दात माथी, ऐच्छिक बचतको रकम आबश्यकता मा साथी”

ब्याजदर: दैनिक मौज्दातमा ७%
मासिक न्यूनतम बचत : रु ५००

उद्देश्यहरु :

  • सदस्यहरुलाई सरल बित्तिय सेवा प्रदान गर्ने ।
  • सदस्यहरुको आर्थिक कारोबारमा सहयोग पुर्याउने ।
  • सदस्यहरुले घर तथा पसलमा नगद राख्दा हुने जोखिमलाई हटाउन ।
  • सदस्यहरुलाई संस्थामा निरन्तर कारोबार गरिरहन प्रेरित गर्ने ।

 

विशेषताहरु :

  • निःशुल्क खाता खोलिने ।
  • एक दिन मात्र बचत गरेको पनि ब्याज पाईने ।
  • चाहेको बेलामा रु.१० हजार न्युनतम मौज्दात बाँकी राखि सो भन्दा माथीजतिपनि बचत झिक्न सकिने ।
  • बचतको आधारमा ऋण लिने नीति अबलम्बन हुने ।
  • बचत नियमित नभएमा मासिक रु ५ बिलम्ब शुल्क लाग्ने ।
  • पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलब्ध गराइने ।

आवधिक बचत (३ महिने— ३ वर्षसम्म)

आवधिक बचत (३ महिने— ३ वर्षसम्म)

ब्याजदर: दैनिक मौज्दातमा ८.५—१२%
मासिक न्यूनतम बचत : रु ५००

उद्देश्यहरु :

     

    विशेषताहरु :

    दैनिक वचत

    “आकर्षक व्याजदर दैनिक मौज्दात माथी, ऐच्छिक बचतको रकम आबश्यकता मा साथी”

    ब्याजदर: ३ देखी ७%

    उद्देश्यहरु :

    • दैनिक रुपमा बचत गर्ने वानि सिकाउने ।
    • थोरैथोरै जम्मा गरी धेरै रकम बनाउन सहयोग गर्ने ।
    • ब्यापार व्यवसाय गर्ने सदस्यलाई संस्थाको तिर्नुपर्ने एकमुष्ठ रकम तयार गर्न सहयोग पुर्याउने ।
    • थोरै थोरै रकम जम्मा गरी बिमाको रकम एकमुष्ठ तिर्न सहयोग पुग्ने ।
    • सदस्यहरुलाई निरन्तर बचत गर्ने कार्यमा संलग्न रहिरहन प्रेरित गर्ने ।
    • फजुल खर्च जोगाउन मद्धत गर्ने ।

     

    विशेषताहरु :

    • निःशुल्क बचत खाता खोल्न सकिने ।
    • सदस्यको घरदैलोमा गई बचत संकलन सेवा उपलब्ध गराईने ।
    • दैनिक रुपमा जम्मा गरी बर्ष दिनमा रकम झिक्न मिल्नेमा ७% व्याज दिइने ।
    • दैनिक रुपमा जम्मा गरी छ महिनामा रकम झिक्न मिल्नेमा ५% व्याज दिइने ।
    • दैनिक रुपमा जम्मा गरी चाहिएको कुनै पनि वेला झिक्न मिल्नेमा ३% सम्म व्याज दिइने ।
    • संकलित रकमबाट ऋणी सदस्यले आफ्नो ऋणको किस्ता तिर्न सरल हुने ।
    • ऋणको किस्ता तिर्न संस्थामा धाउनु नपर्ने ।
    • पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलव्ध गराईने ।

    बाल वचत

    “मेरो बचत, मेरो भबिश्य”

    ब्याजदर: ८.५%

    उद्देश्यहरु :

    • बालबालिका लाई असल संस्कार सिकाउने ।
    • सानैदेखि बचत गर्ने बानीको विकास गर्ने ।
    • भविष्यसम्म पनि रकम सहि काममा सदुपयोग गर्न प्रेरित गर्ने ।
    • केटाकेटी अबस्था देखिनै बचत गर्ने बानीको बिकास गर्ने ।
    • भविष्यमा संस्थाको असल सदस्यमा रुपान्तरण गर्ने ।

     

    विशेषताहरु :

    • सदस्यले आफ्ना सन्ततीको बाल बचत खाता निःशुल्क खोल्न सक्ने ।
    • जन्मे देखि १६ वर्ष मुनिका वाल वच्चाहरु सहभागी हुने ।
    • निःशुल्क खाता खोल्न सकिने ।
    • दैनिक मौज्दातमा व्याज गणना गरिने ।
    • आफ्नो इच्छा अनुसार वचत गर्न पाइने
    • जम्मा गरेको रकम १६ वर्ष पुगेपछि एकमूष्ठरुपमा स्वयंले झिक्न सकिने ।
    • पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलव्ध गराईने ।

    खुत्रुके वचत

    “थोरै थारै रकम भनि गर्न हुन्न हेला, सयौं थुकि नदी वनाई उन्नती गर्ने बेला”

    ब्याजदर: ७%

     

    उद्देश्यहरु :

    • सदस्यहरुलाई थोरै थोरै बचत संकलन गर्न प्रेरित गर्ने ।
    • सदस्यलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
    • थोरै थोरै संकलन गरेको रकमले भविश्यमा ठूलो गर्जो टार्न मद्धत गर्ने ।

     

    विशेषताहरु :

    • निःशुल्क खाता खोल्न सकिने ।
    • दैनिक मौज्दातमा व्याज दिईने ।
    • वाल देखि बृद्ध सम्म सवैले प्रयोग गर्न सक्ने ।
    • जम्मा भएको रकम खेर नजाने ।
    • अधिकतम जति पनि रकम जम्मा गर्न सकिने ।
    • थोरै थोरै जम्मा गर्दै रु.१० हजार भए पछि रकम झिक्न सकिने ।

    जेष्ठ नागरिक वचत

    “माया हेरचाह र सहयोग बुढेस कालको आस, जेष्ठ नागरीकहरुको सम्मानमा हाम्रो प्रयास”

    ब्याजदर: ९%

     

    उद्देश्यहरु :

    • जेष्ठ सदस्य प्रति सम्मान दर्शाउने ।
    • जेष्ठ सदस्यहरुसँग भएको रकमको सुरक्षा गर्ने ।
    • जेष्ठ सदस्यहरुलाई आवश्यक परेको बेलामा खर्च गर्न रकमको जोहो गर्न प्रेरित गर्ने ।
    • संस्थाप्रति अपनत्व विकास गराउने ।

     

    विशेषताहरु :

    • ६० बर्ष माथिका सदस्यहरुले निःशुल्क खाता खोल्न सक्ने ।
    • दैनिक मौज्दातमा व्याज उपलब्ध गराईने ।
    • पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलव्ध गराईने ।

    युवा वचत

    “युवाको सपना ….. , हाम्रो शुभकामना……..”

    ब्याजदर: ८%

    उद्देश्यहरु :

    • युवाहरुलाई थोरै थोरै बचत संकलन गर्न प्रेरित गर्ने ।
    • युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
    • थोरै थोरै संकलन गरेको रकमले भविश्यमा ठूलो गर्जो टार्न मद्धत गर्ने ।

    विशेषताहरु :

    • निःशुल्क खाता खोल्न सकिने ।
    • दैनिक मौज्दातमा व्याज दिईने ।
    • जम्मा भएको रकम निश्चित उदेश्यको लागि मात्र खर्च हुने ।
    • अधिकतम जति पनि रकम जम्मा गर्न सकिने ।
    • पास वुक र भुक्तानी पुर्जा निसुल्क उपलब्ध गराईने ।
    • निश्चित उद्देश्यको लागि जम्मा गरेको रकम सोहि उद्देश्यको लागि झिक्न सकिने ।

    पर्व वचत

    “आफ्नै कमाई रुपैयाँ रुपैयाँ जोडेर, मनाऔं चाडपर्व अव दिल खोलेर”

    ब्याजदर: १०%

    उद्देश्यहरु :

    • सदस्यहरुले चाडपर्वलाई बोझको रुपमा नभई अबसरको रुपमा आफ्नै पैसाले हर्षोल्लासका साथ मनाउन सक्ने बनाउने ।
    • भविष्यको खर्चको लागि आजैवाट बचत गर्ने वानिको विकास गर्ने ।

    विशेषताहरु :

    • निःशुल्क खाता खोल्न सकिने ।
    • दैनिक मौज्दातमा व्याज दिईने ।
    • चाड पर्वमा एकमुष्ठ रकम फिर्ता लिन सकिने ।
    • पास वुक र भुक्तानी बुक निसुल्क उपलब्ध ।

    पेन्सन वचत

    “आजै वाट सुरु गरौं बचत पेन्सन,
    कमि हुन्छ भविष्यमा आर्थिक टेन्सन”

    ब्याजदर: ८.५ देखी १२ %

    उद्देश्यहरु :

    • सदस्यहरुको भविष्यलाई सुरक्षित बनाउने ।
    • कमाई गर्ने समयमा केही बचत गरी भविष्यको नियमित आम्दानीको श्रोत बनाउन सहयोग गर्ने ।
    • भविष्यमा कुनै काम गर्नका लागि आवश्यक पर्ने एकमुष्ठ रकम प्राप्त गर्न सहयोग गर्ने ।

     

    विशेषताहरु :

    • निःशुल्क बचत खाता खोल्न सकिने ।
    • सदस्यसँग १२ अथवा २० वर्षे सम्झौता गरिने ।
    • न्यूनतम रु ३०० देखि रु.१००० प्रत्येक महिना जम्मा गर्नुपर्ने छ ।
    • अबधी पुगे पछि जम्मा गरेको सम्पूर्ण सा“वा रकम सदस्यलाई एकमुष्ठ फिर्ता गरिने ।
    • अबधि पुगेको दोस्रो महिना देखि सदस्य बाचुन्जेलसम्म बचत गरेकै दरमा मासिक पेन्सन प्रदान गरिने ।
    • एकमुष्ट रकम फिर्ता लिन चाहेमाजम्मा रकम र ९०% व्याज सहित एकमुष्ठ रकम फिर्ता लिन सकिने ।
    • ३ महिना सम्म लगातार बचत नियमित नभए सदस्यको खाता नियम अनुसार बन्द गरी रकम नियमीत खातामा सारीनेछ ।
    • अन्य व्यवस्था पेन्सन बचत नीति अनुसार हुनेछ ।

    सुत्केरी वचत

    “हातमा हात मिलाउन हामी छौँ तयार, सानो सानो वचतले दिन्छ ठूलो आधार”

    ब्याजदर: ८%

    उद्देश्यहरु :

    • सदस्यहरुले थोरै थोरै रकम जम्मा गरेर सुत्केरी भएको बेला हुने खर्चको अभाव बाट जोगाउने ।

     

    विशेषताहरु :

    • निःशुल्क खाता खोल्न सकिने ।
    • दैनिक मौज्दातमा व्याज दिईने ।
    • सुत्केरी भए पछि एकमुष्ठ रकम व्याज सहित झिक्न सकिने ।
    • एक मुष्ठ रकम सहित थप सुत्केरी खर्च रु.५००।– उपलब्ध गराईने ।

    गहना वचत

    “साह्रै राम्रो यो बचत योजना, गहना लगाउने पुरा हुने भो सपना”

    ब्याजदर: ८%

    उद्देश्यहरु :

    • सदस्यलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
    • सदस्यहरुको धनबृद्धीमा सहयोग पुग्ने ।
    • थोरै थोरै रकम जम्मा गरी गहना खरीद गर्न सक्ने ।

     

    विशेषताहरु :

    • निःशुल्क खाता खोल्न सक्ने ।
    • गहना खरिद गर्न रकम झिक्न सकिने ।
    • दैनिक मौज्दातमा व्याज उपलब्ध गराईने ।
    • थोरै थोरै रकम जम्मा गरेर रु.२५००० पुगे पछि रु. ५० हजार सम्म ऋण पाउन सकिने ।
    • आफ्नो इच्छा अनुसार वचत गर्न पाइने
    • बचत खाताको बिबरण पुर्णरुपमा गोप्य रहने ।
    • पासवुक र भुक्तानी पुर्जा निःशुल्क उपलव्ध गराईने ।

    स्कुटी वचत

    “हातमा हात मिलाउन हामी छौँ तयार सानो सानो वचतले दिन्छ ठूलो आधार”

    ब्याजदर: ८%

    उद्देश्यहरु :

    • सदस्यलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने ।
    • सवारी साधनमा अरुको भर पर्नु नपर्ने ।

    विशेषताहरु :

    • निःशुल्क खाता खोल्न सकिने ।
    • दैनिक मौज्दातमा व्याज दिईने ।
    • थोरै थोरै गरेर जम्मा भएको रकम रु.५०,०००।–सम्म जम्मा भए पछि रु.१,५०,०००।–सम्म ऋण लिन सकिने ।
    • ऋण सुबिधा सहित आफुले जम्मा गरेको रु.५०,०००।–को पनि व्याज दिईने ।

    साह्रो गाह्रो बचत

    साह्रो गाह्रो बचत

    ब्याजदर: दैनिक मौज्दातमा ८%
    मासिक न्यूनतम बचत : रु ५००

    उद्देश्यहरु :

      विशेषताहरु :