About Us
संस्थाको पृष्ठभूमि (परीचय)
हाम्रो ईतिहासलाई नियाल्दा २०६४ साल आश्विन ३ गते मंगलवारका दिन यस सिमरवना चौककै चियापसलमा बसेर आफ्ना गाँउका आर्थिक समस्याहरुको समाधानार्थ एक सहकारी संस्था स्थापना गर्ने परीकल्पना गरी तुरुन्त तदर्थ समिति बनाई मिति २०६४ साल माघ १५ गते तत्कालीन सहकारी डिभिजन कार्यालय सुनसरीमा स्वीकृति पश्चात बचत तथा ऋण सहकारी संस्थाको मान्यता प्राप्त संस्था नै हालको सिमरवना बचत तथा बचत ऋण सहकारी संस्था हो ।
उद्देश्य (Objectives)
1.अनुत्पादक खर्च घटाई सदस्यहरूमा बचत गर्ने बानीको विकास गर्ने ।
2.सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय विकासमा सहयोग गर्ने ।
3.सदस्यहरूलाई व्यवसायी बन्न अभिप्रेरित गर्ने ।
4.सदस्यहरूमा उद्यमशीलताको विकास गर्ने ।
5.सदस्यहरूमा नेतृत्व क्षमता विकास गर्ने ।
6.प्रतिस्पर्धी र पूर्ण पारदर्शी संस्था सञ्चालन गर्ने ।
7.सामाजिक सुरक्षा र गैरवित्तीय कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने ।
8.आधुनिक प्रविधिको पूर्ण उपयोग गर्ने ।
9.सदस्यहरूको सर्वाङ्गिण विकासका लागि नवीन कार्यहरूको खोजी गर्ने ।
Vision, Mission

परिकल्पना (Vision)
सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा केन्द्रित, प्रतिस्पर्धी र सर्वोत्तम छनोटको वित्तीय संस्था हुने ।
ध्येय (MISSION)
सदस्यहरूबाट सङ्कलित बचत रकम आर्थिक उपार्जनमा केन्द्रित रही ऋण प्रवाह गर्ने र शैक्षिक, सामाजिक तथा व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने ।